Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्व युवराजको साथी भन्दै सिंहले ठगे १० जनाबाट एक करोड ३८ लाख – Gaule Khabar

पूर्व युवराजको साथी भन्दै सिंहले ठगे १० जनाबाट एक करोड ३८ लाख

पूर्व युवराजको साथी भन्दै सिंहले ठगे १० जनाबाट एक करोड ३८ लाख

काठमाडौं,मंसिर २२-

उच्च पदस्थ व्यक्तिसँग आफ्नो राम्रो सम्बन्ध भन्दै ठगी गर्दै आएका मनोजबहादुर सिंहले १० जनासँग १ करोड ३८ लाख ६५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ। विदेश पठाइदिन्छु भन्दै उनले विभिन्न १० जना व्यक्तिलाई ठगी गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए। सिंहले इमाडोलमा सिद्धिदाता इन्टरप्राइजेज प्रालि नामको कार्यालय खोलेर जापान, अमेरिका, बेलायत पठाउने भन्दै ठगी गरेको एसएसपी अधिकारीले जानकारी दिए। ‘उनले उच्च व्यक्तिहरुसँग राम्रो सम्बन्ध भएकोले सरकारी टोलीमा पठाइदिन्छु भन्दै विश्वासमा पारेर रकम लिने गरेका रहेछन्’ एसएसपी अधिकारीले भने- ‘रकम लिएपछि अफिस हटाउने र नक्कली भिसा दिएर झुलाउँदै आउने गरेका छन्।’

उनले आफूलाई पूर्व युवराज पारस शाहको साथी भएको समेत बताउने गरेका थिए। लवाई, खुवाई, हिडाई र बोलाईबाट आफू उच्च व्यक्ति देखाउने गर्थे। उनले प्रेस कार्ड समेत लिई आफूलाई पत्रकारको रुपमा पनि परिचय दिने गरेको प्रहरीले जनाएको छ। क-कसलाई ठगे सिंहले इमाडोलमा रहेको चार आना जग्गा दिन्छु भन्दै अनुराधा शाहबाट ३९ लाख काभ्रेका साँगाका रोशन लामालाई विदेश पठाइदिन्छु भन्दै १५ लाख रुपन्देही बुटवलका सलिना सिंह ठकुरीलाई बेलायत पठाइदिन्छु भन्दै ७ लाख ८० हजार गोकर्णका सन्तोष कटुवाल, राजु थापा, विराज धिमाललाई अमेरिका पठाइदिन्छु भन्दै ३३ लाख ३५ हजार नुवाकोटका पञ्चकन्याका ध्रुव खनाललाई बेलायत पठाइदिन्छु भन्दै ४ लाख काभ्रे चापाखोरीका दिपक मैनालीलाई बेलायत पठाइदिन्छु भन्दै ३ लाख पर्वत पिपलटारीका दिपेश अधिकारीलाई अमेरिका पठाइदिन्छु भन्दै ३० लाख खोटाङ दिक्तेलका डम्बरबहादुर राईलाई जापान पठाइदिन्छु भन्दै ५ लाख ५० हजार काठमाडौं तारकेश्वरका पवन देवकोटाबाट २ लाख गोरखाका रामबाबु थापासँग २ लाख सिंहबाट अरु व्यक्तिहरु पनि ठगिएको हुनसक्ने आंशका प्रहरीको छ। समाचार प्रकाशित भएपछि ठगीने अन्य व्यक्तिले आफूहरु ठगिएको बारे प्रहरीमा सम्पर्क गर्न सक्ने एसएसपी पिताम्बर अधिकारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका