Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनाव हुन सक्दैन् : मन्त्री खड्का – Gaule Khabar

संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनाव हुन सक्दैन् : मन्त्री खड्का

संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनाव हुन सक्दैन् : मन्त्री खड्का

काठमाडौं, पुस २–

खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई टुँगो नलगाएसम्म निर्वाचन गर्न नहुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खड्काले भने,‘संसदमा दर्ता भैसकेको विषय संविधान संशोधन प्रस्तावलाई तत्काल टुँगो लगाउनुपर्छ अनिमात्रै निर्वाचनमा जानुपर्छ ।’
क्लबका प्रतिनिधि पवन भट्टराईको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खड्काले संशोधन प्रस्ताव सदनमा दर्ता मात्रै भएकोले यसलाई छलफल नै गर्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्नु अप्रजातान्त्रिक भएको टिप्पणी गरे । उनले अघि थपे,‘संशोधन प्रस्तावमाथि छलफल गर्नुको साटो एमालेले संसद अवरुद्ध गरिरहेको छ, यो अप्रजातान्त्रिक छ ।’
मन्त्री खड्काले एमालेले बोलेका कुरा राष्ट्रवादी हुने अनि अरुले बोलेको कुरा राष्ट्रघाती कसरी हुन्छ भन्दै प्रश्न समेत गरे । उनले भने,‘प्रस्तावमा चित्त नबुझे यसको विपक्षमा मतदान गरे भैहाल्यो नि, किन संसद अवरुद्ध गरिरहनुपर्यो ?’ उनले एमालेले गरेको संसद अवरुद्धका कारण जनताका जनप्रतिनिधिले आफ्नो कुरा राख्न समेत नपाएको गुनासो पोखे ।
उनले संविधान कार्यान्वयनको लागि पनि प्रमुख दलहरु मिल्नुको विकल्प नभएको बताउँदै भने,‘दलहरु मिल्नुको विकल्प छैन, चुनाव गर्नको लागि पहिले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाउनुपर्छ, संशोधन प्रस्तावलाई पहिले टुँगो लगाउनुपर्छ ।’
मन्त्री खड्काले आगामी ०७४ साल असोजभित्रै पहिलो फेजमा १७ करोड लिटर खानेपानी मेलम्चीबाट काठमाडौं आउने दाबी गरे । उनले भने,‘अहिले काम भैरहेको छ, म आँफै पनि स्थलगत् निरिक्षणमा गएको थिएँ, त्यसैले अब असोजमा पानी आउँछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका