Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कुलेखानी तेस्रो आयोजना समयमै निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन – Gaule Khabar

कुलेखानी तेस्रो आयोजना समयमै निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

कुलेखानी तेस्रो आयोजना समयमै निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

अशोकसुजन श्रेष्ठ,

हेटौँडा पुस २-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । २ पुस बिहान मकवानपुरको भैँसेस्थित आयोजना स्थलको निरीक्षण गर्नुभएको हो । उहाँले तोकिएको मितिभित्रै निर्माण गर्न कर्मचारीलाई दिर्नेशन दिनुभयो ।

समयमै निर्माण नहुँदा आयोजनाको लागत बढी पर्ने भएकाले चाडै निर्माण गरे जनतामा आशा जाग्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
कुलेखानी तेस्रोका आयोजना प्रमुख सुभाष मिश्रले इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदारले ढिलाई गरेकाले निर्माण समय थप्नु परेको बताउनुभयो । उहाँका अनुसार ठेकेदारले नियमित काम गरे आउँदो २०७४ साउनसम्म निर्माण कार्य सकिनेछ । इलेक्ट्रोमेकानिकलतर्फ ४० प्रतिशत काम सकिएको आयोजना प्रमुख मिश्रले बताउनुभयो । इलेक्ट्रोमेकानिकल चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिल्लुन आयोजना स्थलमा नआएर चीनमै बसिरहँदा स्थानीय ठेकेदारले सुस्त गतिमा काम गरिरहेको उहाँको भनाई छ ।

pm-puspakamal-dahal-prachanda-2

प्रधानमन्त्री दाहालले चिनियाँ ठेकेदार झिकाउन पहल गर्ने आश्वासन दिँदै समयमा नै निर्माण सकाउन आयोजनाको तर्फबाट हुने कामहरुलाई तिब्रता दिन निर्देशन दिनुभयो । इलेक्ट्रोमेकानिकल ठेकेदार झेजियाङले २०७३ पुस १६ गते काम सक्नेगरी प्राधिकरणसँग चौथो पटक म्याद थप गरेको थियो । १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको कुलेखानी तेस्रो निर्माणमा लागत स्टेमेटभन्दा तीन गुणा बढी खर्च भईसकेको छ ।

kulekhani hydro

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका