संविधान संशोधन प्रस्ताव अब टेबलमा जान्छ, बिरोधको कुनै अर्थ छैनः प्रधानमन्त्री दाहाल

संविधान संशोधन प्रस्ताव अब टेबलमा जान्छ, बिरोधको कुनै अर्थ छैनः प्रधानमन्त्री दाहाल

चितवन, पुस २–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सँसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव अब टेबलमा जाने बताउनुभएको छ । देशलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संशोधन प्रस्ताव अब टेबलमा गई टुङगो लाग्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनको विरोध गर्नुको कुनै अर्थ नरहेको भन्दै सबै मिलेर संविधान कार्यान्वयन तर्फ लाग्नु पर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको प्रस्ताव अगाडि नबढाएसम्म निर्वाचन सम्भव नभएकाले यसको विकल्प नभएको बताउनुभयो । उहाँले प्रदेश विभाजनको विषयमा पनि आवेगमा नआउन आग्रह गर्नुभयो । संशोधनविरुद्ध तपाईकै नेताहरु विरोधमा छन् नी ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री दाहालले भन्नुभयो–“अहिले केही नेताहरु भावुक भएर आन्दोलनमा लाग्नु भएको छ, पछि उहाँहरु पार्टीको रुलिङ मान्नु हुन्छ, अन्तिम निर्णय पार्टीकै हुन्छ ।”
यस्तै प्रधानमन्त्री दाहालले पुरानै संरचनामा सबै तहको निर्वाचनमा गर्ने विषयमा कुनै सहमती नभएको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ