Gaule Khabar
बिहिबार, मंसिर २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

संविधानमा संघीयता, व्यवहारमा महेन्द्रियता ???

  • admin
  • शनिबार, पुस २, २०७३
[sharethis-inline-buttons]
संविधानमा संघीयता, व्यवहारमा महेन्द्रियता ???

आज पुस १ गते, आजभन्दा ५६ वर्ष अगाडी आजकै दिन राजा महेन्द्रले दलीय व्यवस्था असफल भएको घोषणा गर्दै शासन भार आफुले ग्रहण गरि दल बिहिन पंचायती प्रजातन्त्रको आरम्भ गरेको इतिहास छ ।

संयोग पनि यस्तो परेको छ कि राजा महेन्द्रले दलहरुको असफलता पुष्टि गर्दै राष्ट्रिय एकता कायम गरि वास्तविक प्रजातन्त्रको अभ्यास गराउने लक्ष सहित कदम उठाएको पुस १ गतेकै सेरोफेरोमा उनैले तयार पारेको संरचना अन्तर्गत स्थानीय निकायको निर्वाचन गर्ने निर्णय लिन दलहरु विवश छन् ।

हिजो जे जति खोट देखाएर नयाँ संरचना तयार पार्ने हुँकार दिएतापनि आज उनीहरु सिथिल छन् ।

पंचायतको आरम्भ संगै सम्भव भएसम्म जनताले घर नजिकबाट सेवा सुबिधा पाउन् भन्ने उद्देश्यले तयार पारेका स्थानीय निकायको नाम फेरियो, तर त्यसको विकल्पको रुपमा प्रचार गरिएको संघीयता यिनीहरुको गलपासो बनेर बेरियो ।

महेन्द्रले तयार पारेको संरचनालाई उनले दलहरु असफल भएको घोषणा गरेको चर्चा भैरहेको सन्दर्भमा स्वीकार्न पुगेका छन्, तर उनको योगदानलाई स्वीकार्न भने अझै कठिन भैरहेको छ ।

संविधानमा संघियता उल्लेख छ, तर व्यवहारमा भने महेन्द्रियता नै सहज र बज्ञानिक देखिन पुगेको छ ।
त्यो बेलाका जनतालाई सुबिधा दिन तयार पारिएको संरचना आजका जनताले पनि स्वीकारेका छन् भने दलहरुले थोपर्न चाहेको संघियताको बिरुद्ध जनता सडकमा ओर्लिएका छन् ।

वास्तबमा यो संविधान पूर्णत असफल भैसकेको अवस्था छ । संविधानमा पुरानै संरचनामा टेकेर स्थानीय निकायको निर्वाचन गराउने प्राबधान कहाँ छ ?

दलहरुको जनाधार आजपनि कायमै छ भने संघियता कार्यान्वयन गरेर संबिधानको औचित्य पुष्टि गर्न सक्नुपर्छ ।
होइन भने जुन संस्थाले तयार पारेको संरचनालाई जनताले आजपनि सहजतापूर्वक स्वीकारेका छन् त्यहि संस्थाको जनाधार रहेछ भनेर बुझिनेछ ।

यदि बर्तमान सरकारले संविधानको प्राबधान बिपरित चल्न मिल्छ भने यो सरकारलाई कुनैपनि शक्तिले बलकै भरमा पल्टाउने बाटो खुला हुनेछ ।

-सन्तोष भुसाल
www.facebook.com/Mr.SantoshBhusal

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ