Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
साइकल यात्रीहरुलाई भरतपुरमा स्वागत तथा सम्मान – Gaule Khabar

साइकल यात्रीहरुलाई भरतपुरमा स्वागत तथा सम्मान

साइकल यात्रीहरुलाई भरतपुरमा स्वागत तथा सम्मान

चितवन, पुस २–
धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धनको लागि साइकल यात्रा कार्यक्रम शुक्रबारदेखि शुरु भएको छ । सो यात्रालाइ प्रोत्साहन गर्नका लागि लक्की मिडिया हाउस चितवनको आयोजनामा शुक्रबार भरतपुरमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ५० जना साइकल यात्रीहरुलाई स्वागत तथा सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की“ ले जानकारी दिनुभयो । विश्व साइकल यात्री पुस्कर शाहको सहभागीतामा साइकल चलाऔँ, वातावरण जोगाऔँ, स्वास्थ्य बनौँ भन्ने नाराका साथ शुरु गरिएको सो यात्रा मकवानपुरदेखि सुरु भई आज शुक्रबार चितवन र भोली शनिबार नवलपरासी पुग्ने कार्यक्रम रहेको कार्यक्रम सयोजक राहुल कुमार सिहले बताउनुभयो । यस यात्राको उद्देश्य मकवानपुर, चितवन र नवलपरासीका युवा तथा उद्योग व्यवसायीहरुबीच भाइचरा सम्बन्ध कायम राख्न कार्यक्रम सिहले बताउनुभयो ।

तीन वटा जिल्लाको यात्राले त्यस क्षेत्रका उद्योगी, व्यापारीहरु बीच भाइचाराको सम्बन्ध स्थापना हुने विश्वास लिएको जनाइएको छ । साइकल यात्रा कार्यक्रम पुस ३ गतेसम्म हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका