Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मौरीको अनुसन्धान र प्रबद्र्धनका लागि महत्वपूर्ण सम्झौता – Gaule Khabar

मौरीको अनुसन्धान र प्रबद्र्धनका लागि महत्वपूर्ण सम्झौता

मौरीको अनुसन्धान र प्रबद्र्धनका लागि महत्वपूर्ण सम्झौता

काठमाडौं, पुस २–

इजराएड र कृषि तथा वन विश्वविद्यालय, रामपुर चितवनबीच स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न दुइपक्षीय सम्झौता भएको छ । इजराएडको कार्यलय बालुवाटारमा इजराएडका प्रमुख बेन दगानी तथा विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकाल र मौरी विज्ञ प्रा. डा. खेमराज न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपालका स्थानीय जातका मौरीहरु एपिस सेरेना र खिलरहित पुत्का मौरी बारे अध्ययन अनुसन्धान गरी स्थानीय जनतालाई लाभान्वित गर्ने उक्त सम्झौताको उद्देश्य रहेको छ । उक्त कार्यक्रमको सफलता पछि गाँउ घरमै प्रशस्तै रोजगारीका अवसरहरु सृजना हुने छन् । यसले कुपोषणबाट मुक्ती दिलाउने छ, खाद्य सुरक्षाको प्रत्याभुति हुनेछ भने प्रभावकारी परागसेचन मार्फत बोटविरुवाको उत्पादन र गुणस्तरमा पनि वृद्धि हुनेछ ।
स्थानीय जातको मौरी पालन बढ्दै जाँदा जैविक विविधताको संरक्षण एंव वातावरणीय शुद्धता कायम रहनेछ । विश्वविद्यालयमा मौरी पालन सम्बन्धित तीन ओटा विषयहरुको अध्ययन सुरु भएको छ, जति सक्दो चाँडो मौरी विज्ञान विभागको स्थापना गरी मौरी अनुसन्धान तथा विकासका लागि मौरी विज्ञानसम्बन्धी विज्ञको उत्पादन गर्नु अपरिहार्य छ ।
उक्त कार्यक्रममा इजारायली राजदुत यान मायर, समाजकल्याण परिषदका मदस्य सचिव दिल्ली भट्ट लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका