Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
काँग्रेसले पुस १५ सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने – Gaule Khabar

काँग्रेसले पुस १५ सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने

काँग्रेसले पुस १५ सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने

काठमाडौँ, मंसिर २३ –

मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ ।

केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा काँग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो । तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ ।

समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

साथै समितिले १३औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।

त्यस्तै समितिले २०७२ माघ २५ गते सम्पन्न सङ्खुवासभा जिल्ला अधिवेशनमा बराबरी मत प्राप्त गर्ने सभापतिका प्रत्यासीद्वय दीपनकुमार श्रेष्ठ र पासाङ शेर्पाको आगामी पुस १० गते गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गर्ने निर्णय गरेको छ । रासस काठमाडौँ, २३ मङ्सिर । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ ।

केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा काँग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो । तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ ।

समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

साथै समितिले १३औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।

त्यस्तै समितिले २०७२ माघ २५ गते सम्पन्न सङ्खुवासभा जिल्ला अधिवेशनमा बराबरी मत प्राप्त गर्ने सभापतिका प्रत्यासीद्वय दीपनकुमार श्रेष्ठ र पासाङ शेर्पाको आगामी पुस १० गते गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गर्ने निर्णय गरेको छ । – रासस

गरेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका