व्यवस्थापन संकायमा वाल्मीकिका सुजन जिल्ला प्रथम

व्यवस्थापन संकायमा वाल्मीकिका सुजन जिल्ला प्रथम

चितवन, पुस १–

उच्च माध्यमिक शिक्षा परिषदले विहीबार साँझ प्रकाशन गरेको कक्षा ११ को नतिजामा चितवनको वाल्मीकि शिक्षा सदनमा अध्ययनरत सुजन खरेल व्यवस्थापन संकाय तर्फ जिल्ला प्रथम हुनु भएको छ ।
विद्यार्थी खरेलले कुल ४२० अंक (८४ प्रतिशत) ल्याई व्यवस्थापन संकाय तर्फ जिल्ला प्रथम भएको शिक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । उत्कृष्ट नतिजा ल्याउने क्रममा यसपटक पनि वाल्मीकि शिक्षा सदन भरतपुर सफल भएको हो । जिल्ला प्रथम भएपछि प्रतिक्रिया दिँदै विद्यार्थी सुजन खरेलले आफ्नो मेहनत र शिक्षकहरुको मेहनतले गर्दा यो नतिजा आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ