Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ–अध्यक्ष कमल थापा – Gaule Khabar

निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ–अध्यक्ष कमल थापा

निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ–अध्यक्ष कमल थापा

काठमाडौं,पुस १ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

मिडिया नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त गर्न सकिदैन् ।’

अध्यक्ष थापाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दललाई सन्तुष्ट पार्न नसकेको, प्रदेश नं ५ का जनता आन्दोलित भएको र केही राजनीतिक दलले निरन्तर संसद् अवरुद्ध पारिरहेकाले नयाँ समझदारीका साथ विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिदैं विधेयकलाई संसद्मा पेस गर्र्न नदिई संसद् अवरुद्ध गर्नु प्रजाताािन्त्रक मूल्य र मान्यताले उपयुक्त नभएको बताउनुभयो ।

राप्रपा सत्तारुढ दल भए पनि नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले आगामी दिनमा गर्ने व्यवहार, गुण र दोषका आधारमा काम गर्ने धारणा राख्नुभयो ।

राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले अन्य मुलुकमा भैm अङ्गिकृत नागरिकता लिएका व्यक्तिलाई केही वर्षको अन्तरालपछि मात्रै अरु नागरिकसरह मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।-रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका