Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धान खरिद सुरु गरेपछि खाद्य संस्थानमा किसानको भिड – Gaule Khabar

धान खरिद सुरु गरेपछि खाद्य संस्थानमा किसानको भिड

धान खरिद सुरु गरेपछि खाद्य संस्थानमा किसानको भिड

नेपालगन्ज,पुस १-

खाद्य संस्थान अञ्चल कार्यालय नेपालगंजले धान खरिद सुरु गरेपछि धान वेच्ने किसानको भिड लागेको छ । मुल्य निर्धारण समितिले धानको मुल्य तोकेको करिब दुई हप्तापछि संस्थानले कारकाँदोस्थित कार्यालय परिसरमा वुधवारदेखी खरिद सुरु गरेको हो ।संस्थानले मोटा धान प्रति क्वीन्टल दुई हजार ५० र मध्यम धानको मुल्य २ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिसकेको छ ।

संस्थानका प्रमुख मोतीराज ज्ञवालीका अनुसार पहिलो चरणमा २० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । गतवर्ष मोटा धान १ हजार ९ सय २५ र मध्यम धान २ हजार ५० रुपैयाँ खरिद गरिएको थियो ।संस्थानले धान खरिद सुरु गरेको जानकारी पाएका किसानले लडिया र टे«क्टरमा ढुवानी गरेर विक्री गर्न ल्याएका छन् । ट्रालीमा बोकेर धान विक्री गर्न आएका वेतहनी–३ निवासी दुर्गाप्रसाद वर्माले मुल्य सोचेजस्तो भन्दापनि कम भएको गुनासो गरे ।

खाद्य संस्थानमै धान लिएर आएका अर्का किसान श्यामबिहारी साहुलाई पनि हाल कायम गरिएको मुल्यप्रति चित्त बुझेको छैन । धान उत्पादन गर्दा लागेको लागत भन्दा पनि संस्थानले कम मुल्य दिएको बिहारीले बताए ।खाद्य संस्थानमा बाध्यताले विक्री गर्न ल्याउनु परेको किसान बिहारी बताउँछन् । विगतका वर्षमा किसानलाई पायक पर्ने विभिन्न केन्द्र तोकेर धान खरिद गर्ने चलन भएपनि यो वर्ष कार्यालय परिसरमा मात्र खरिद गरिएको बताइएको छ ।

नेपालगंज आसपास क्षेत्रका किसानका लागि विक्री गर्न सहज भएपनि राप्तीपारी, चिसापानी, कोहलपुर, कचनापुर, कुसुम लगायत क्षेत्रका किसानलाई भने धान विक्री गर्न समस्या हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका