Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था – Gaule Khabar

निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था

निजी अस्पतालमा आजदेखि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था

काठमाडौं,पुस १ –

आजदेखि देशभरका निजी अस्पतालबाट गरिव, विपन्न वर्ग, असहाय तथा अपङ्गता भएका व्यक्तिहरुका लागि १० प्रतिशत आरक्षण प्रदान गरी निःशुल्क उपचार सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयको गत मंसिर २७ गतेको निर्देशन अनुसार सबै अस्पतालहरु गरिव, बिपन्नलाई निःशुल्क सेवा प्रदान गर्न बाध्य हुनेछन् ।

निजी अस्पतालहरुमा १० प्रतिशत निशुल्क उपचार गर्नको लागि स्वास्थ्य मन्त्रालयले गत कार्तिक १३ गते सार्वजनिक सुचना जारी गरेको थियो ।

यो सेवा लागू भएपछि गरिव, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलाहरुले पनि आफु विपन्न भएको प्रमाणित गरेमा कुनै पनि सरकारी तथा गैरसरकारी अस्पतालबाट यो सेवा लिन सक्नेछन् ।

निशुल्क उपचार सेवा अन्तर्गत अपरेशन सेवा बाहेकका चिकित्सक परार्मश शुल्क, शैया शुल्क, नर्सिङ्ग शुल्क, अस्पतालमा उपलब्ध डाइगोनोष्टिक शुल्क तथा अक्सिजन शुल्क रहेकोे छ ।

निःशुल्क उपचार सेवा लिनका लागि कुनै पनि विपन्न बिरामीले गाविस, जिविस, नगरपालिका, जिल्ला विकास कार्यालय, स्थानीय विकास समिति लगायत जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिन सक्नेछन् । काठमाडौको हकमा वीर अस्पतालले समेत सिफारिस गर्न सक्नेछ ।

निजी अस्पतालहरुको छाता संगठन अफिमले सबै निजी अस्पतालमा यो व्यवस्था लागू गर्ने प्रतिवद्धता जाहेर गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका