कांग्रेस महामन्त्रीले भने, ‘पाँच नम्बर टुक्राउन पाइँदैन’

कांग्रेस महामन्त्रीले भने, ‘पाँच नम्बर टुक्राउन पाइँदैन’

चितवन,पुस १-

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पाँच नम्बर प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन्।चितवनमा मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट गरे। जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैनु,उनले भने,पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो। प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपर्थ्यो, त्यो हुन सकेन।

उनले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए। भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई छुट्टै बजेटको व्यवस्था प्रदेशभित्रै गर्न सकिने बताए।

ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने उनले बताए। कोइरालाले भने,ुसबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ।

पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने बताउँदै उनले छिटो निकास निकाल्न नसके जनताको विश्वास गुमेर जाने चेतावनी दिए। अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो,उनले भने। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ