Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गुल्मीमा प्रहरी र बन्दकर्ताबीच झडप, बन्दको विकल्प खोज्न सर्बसाधारणको आग्रह – Gaule Khabar

गुल्मीमा प्रहरी र बन्दकर्ताबीच झडप, बन्दको विकल्प खोज्न सर्बसाधारणको आग्रह

गुल्मीमा प्रहरी र बन्दकर्ताबीच झडप, बन्दको विकल्प खोज्न सर्बसाधारणको आग्रह

गुल्मी,पुस १-

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मी जिल्ला शुक्रबार १७ औं दिन पनि बन्द हुँदा जनजीबन कष्टकर भएको छ । जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउन खोज्दा शुक्रबार बिहान प्रहरीसँग झडपसमेत भएको छ ।

आन्दोलन र झडपले अप्रिय  घटना हुन सक्ने भन्दै सर्बसाधारण आतंकित छन् र उनीहरुले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । लामो समयको बन्द र हड्तालले जीबनयापनमा समस्या भएको भन्दै सर्बसाधारणले बन्दको विकल्प खोज्न आग्रह गरेका हुन् ।

तर, संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले भने संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म बन्द र आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान लिएको छ ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा गुल्मीमा बजार, यातायात, शिक्षण संस्था, कलकारखाना, सरकारी कार्यालयसमेत बन्द छन् ।

जिल्ला प्रशासन कार्यालयको मुख्य ढोकामा ताला लगाएर आन्दोलनकारीहरु बसेका थिए । राष्ट्रिय झण्डासमेत बोकेका उनीहरुलाई प्रहरीले हट्न आग्रह गरे पनि अटेर गरेका थिए । प्रहरीले बल प्रयोग गरेर हटाउन खोज्दा तनाव भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका