Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले निकट निजामति कर्मचारी संगठनमा देवकोटा विजयी, घिमिरे २४ मतले पराजित – Gaule Khabar

एमाले निकट निजामति कर्मचारी संगठनमा देवकोटा विजयी, घिमिरे २४ मतले पराजित

एमाले निकट निजामति कर्मचारी संगठनमा देवकोटा विजयी, घिमिरे २४ मतले पराजित

नेपालगन्ज,पुस १ –

नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् ।नेपालगञ्जमा भएको अधिवेशनबाट वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २४ मतले पछि पार्दै देवकोटा आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

देवकोटाले ३७१ मत ल्याए भने प्रत्यासी घिमिरेले ३४७ मत पाए ।त्यस्तै बरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन् । उनले ४१७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकालले २९७ मत ल्याए ।

c

त्यस्तै मञ्जु कोइरालालाई हराउँदै भवानी न्यौपाने दाहाल महिला उपाध्यक्षमा चुनिइन् । दाहालले ३६१ मत ल्याइन् भने कोइरालाले ३४६ मत पाइन् ।त्यसैगरी ४०६ मत ल्याएर रेवन्त गौतम संगठनको महासचिवमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याएका छन् ।

संगठनको उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेत ३१० मत ल्याएर विजयी भए भने र सीताराम घिमिरे ३३७ मत ल्याएर पराजित भए ।

गत मंसिर २७ गते एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेको संगठनको अधिवेशनमा नेतृत्वका लागि विहीबार निर्वाचन भएको थियो ।

kedar devkota

kedar devkota

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका