Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झुवानीमा बाझोपन निवारण शिविर – Gaule Khabar

झुवानीमा बाझोपन निवारण शिविर

झुवानीमा बाझोपन निवारण शिविर

चितवन, मंसिर ३०–

पूर्वी चितवनको रत्ननगर–१९ झुवानीमा आज (विहीबार) पशुहरुको बाझोपन निवारण शिविर गरिएको छ ।
पशु सेवा केन्द्र रत्ननगरको आयोजना तथा झुवानी सामुदायिक पुस्तकालय,गौरीधार दुग्ध उत्पादक सहकारी संस्था तथा मध्यवर्ती दुग्ध चित्स्यान केन्द्रको सह–आयोजनामा शिविर गरिएको हो । शिविरमा २५० वटा गाईभैरीको बाझोपनको उपचार गरी निःशुल्क औषधि वितरण गरिएको पशु सेवा केन्द्रका पशु स्वास्थ्य प्राविधिक इश्वरदत्त मिश्रले जानकारी दिए । शिविरमा झुवानीका २०० वटा बाख्रालाई पीपीआर खोप तथा नाम्ले र चुकाको औषधि खुवाईएको उनले जानकारी दिए । शिविरमा पशु चिकित्सकहरु अर्जुन प्रसाद थपलिया, शैलेन्द्र भण्डारीले पशुहरुको स्वास्थ्य परीक्षण गरेका थिए । राष्ट्रिय पशु पंछी अन्वेषण केन्द्र चितवनका प्रमुख डा.दयाराम चापागाई प्रमुख अतिथि रहेको सो कार्यक्रम पशु विकास अधिकृत शालिकराम पौडेल,पशु स्वास्थ्य प्राविधिक इश्वरदत्त मिश्रराम, भजन शाह लगायतले,झुवानी सामुदायिक पुस्तकालयका उपाध्यक्ष गोविन्द राज नेपाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम गौरीधारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कुमार धमलाको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका