Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एईसिसि ग्लोबल’को शाखा अब चितवनमा – Gaule Khabar

एईसिसि ग्लोबल’को शाखा अब चितवनमा

एईसिसि ग्लोबल’को शाखा अब चितवनमा

चितवन, मंसिर ३०–
शैक्षिक परामर्श व्यवसायको भीडमा चितवनमा फेरी अर्को नयाँ ‘एईसिसि ग्लोबल’ संचालनमा आएको छ । अष्ट्रेलियाको मेलवर्नमा मूख्य कार्यालय रहेको यस कन्सलटेन्सीले काठमाडौं र पोखरापछि चितवनमा शाखा विस्तार गरेको हो ।
आज भरतपुरको बालमन्दिर रोडमा चितवन शाखाको नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापा र नायिका निशा अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन चितवनका अध्यक्षका देशबन्धु अधिकारीले शैक्षिक नगरी चितवनबाट सही परामर्श दिएर विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि पठाउनुपर्ने बताउनुभयो । उहाँले राम्रो शिक्षा पाएका विद्यार्थीहरु विदेशिनु पर्दा दुःखद रहेका बताउनुभयो । उहाँले चितवन शाखालाई कन्सलटेन्सीहरुको भीडमा सक्षम र उत्कृष्ट बन्न शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै कलाकार एवंम एईसिसि ग्लोबलका ब्राण्ड एम्बासडर सुनिल थापाले काठमाडौं र पोखराको जस्तै सेवा चितवनमा पनि दिन शुभकामना दिनुभयो । उहाँले हालसम्म यस कन्सलटेन्सीले कमाएको इज्जतलाई ख्याल गर्दै विद्यार्थीहरु चितवन शाखामा पनि सही सूचना र गन्तव्य छनौटमा सहयोग पर्याउनुपर्ने बताउनुभयो । यस्तै नायिका निशा अधिकारीले विदेश अध्ययनपछि पुनः स्वदेशमै फर्कदा आवश्यक पर्ने सीप र बाटोको ज्ञान विदेश जाने विद्यार्थीहरुलाई दिनुपर्ने बताउनुभयो । उहाँले सही परामर्शकै कारण अहिले सम्म यस कन्सलटेन्सी चर्चित बनेको भन्दै चितवनमा पनि त्यस्तै ख्याती कमाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

aecc-3
कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष जीवन रिजालले सहज परिस्थितिमा मात्रै शाखा कार्यालय खोल्ने र कठिन अवस्थामा बन्द गरेर हिड्ने प्रवृत्ति तोड्नुपर्नेमा जोड दिनुभयो । विगतको इतिहासमा चितवनमा नाम चलेका काठमाडौंका कन्सलटेन्सीहरुले चितवन शाखा कार्यालय खोजी कठित अवस्थामा बन्द गरेर गएको स्मरण गराउँदै यस्तो प्रवृति एईसिसिले तोडुन् भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै एईसिसि ग्लोबलका नेपाल प्रमुख सचिन उपाध्यायले विद्यार्थीहरुको सहजता र सही परामर्शका लागि चितवनमा शाखा स्थापना गरिएको बताउनुभयो । उहाँले सबैको सल्लाह सुझाव अनुसार नै अघि बढ्ने भन्दै विद्यार्थीहरुलाई सही परामर्श दिनुनै एईसीसी ग्लोबलको कर्तव्य रहेको बताउनुभयो ।
यस एईसिसि ग्लोबलले मूख्य गरि अष्ट्रेलिया पठाउनुको साथै अमेरिका, न्यूजील्याण्डलगायतको देशमा समेत पठाउने गरेको छ ।

aecc-5

aecc-4

aecc-2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका