Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारद्वारा १५ वर्षे रणनीति सार्वजनिक – Gaule Khabar

स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारद्वारा १५ वर्षे रणनीति सार्वजनिक

स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारद्वारा १५ वर्षे रणनीति सार्वजनिक

काठमाडौं, मंसिर ३०–

पिछडिएका वर्ग, जनजाती, अल्पसंख्यक, शारिरीक अशक्तता भएका तथा विपन्न व्यक्तिहरुमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले सरकारले १५ वर्षीय रणनीति सार्बजनिक गरेको छ ।

स्वास्थ्य सेवाको पहुँच बाहिर परेका सबैलाई २०८८ सालभित्र पहुँचमा ल्याउने लक्ष्यसहित स्वास्थ्यमन्त्री गगन थापाले उक्त रणनीति सार्वजनिक गरेका हुन् ।

मन्त्रालयका उपसचिव राजीव पोखरेलले स्वास्थ्य र पोषणमा असमानता न्युनिकरण गर्न र सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयको नीति, योजना तथा कार्यावन्यन शाखाको विशेष पहलमा राष्ट्रिय रणनीति ०७३-०८८ तयार पारेको बताए । उपसचिव पोख्रेलले स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेकालाई गुणस्तरीय स्वास्थ्य दिने उद्देश्यले लक्षित वर्ग समक्ष पुगेर रणनीति तयार पारिएको बताए ।

सो रणनीतिमा आठवटा उद्देश्य लिइएको छ । जसमा पहुँच बाहिर रहेका वर्ग र समुदायसम्म स्वास्थ्य सेवाको पहुँच र उपभोगमा वृद्धि गर्ने, पिछडिएका जनजाति/धार्मिक समूह, विपन्न वर्ग तथा दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामा पहुँच र उपभोग बढाउने जस्ता विषय उल्लेख छन् ।

त्यसैगरी, विपन्न, सुकुम्वासी र सडक बालबालिका, आप्रवासी कामदारहरुको आर्थिक पक्षलाई दृष्टिगत गर्ने, फरक क्षमता भएकाहरुका लागि स्वास्थ्यमा पहुँच बढाउने, एचआईभी संक्रमित, एलजिविटी, महिला यौनकर्मी र कैदी बन्दी जस्ता अल्पसंख्यक समुदायमा आधारभूत स्वास्थ्य सेवामा पहुच र उपभोग वृद्धि गर्ने जस्ता रणनीति अंगालिने छ ।

कार्यक्रममा प्रा. डा. मधु देवकोटाले नीति नियम तथा लक्षित समुदायसितको सहकार्यमा रणनीति तयार भएको जानकारी दिइन् ।

कार्यक्रममा स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती, राष्ट्रिय योजना आयोगका प्रतिनिधि राधाकृष्ण प्रधान, स्वास्थ्य सेवा विभागका महानिर्देशक पुष्पा चौधरी, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पदम बहादुर चन्द, डा. किरण रेग्मी लगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका