Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेले संविधान संशोधनविरूद्धको आन्दोलन अझ ‘सशक्त’ बनाउने – Gaule Khabar

एमालेले संविधान संशोधनविरूद्धको आन्दोलन अझ ‘सशक्त’ बनाउने

एमालेले संविधान संशोधनविरूद्धको आन्दोलन अझ ‘सशक्त’ बनाउने

काठमाडौं, मंसिर ३०–

संविधान संशोधनविरुद्धको आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अझ ‘सशक्त’ बनाउने भएको छ।

पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार बसेको स्थायी समिति बैठकले आन्दोलनलाई अझ कडा बनाउने निर्णय गरेको हो।

बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ बैठकले असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकका विरुद्धमा संसदभित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै, उक्त विधेयकका विरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आम जनसमुदाय तथा विभिन्न संघ–संगठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।’

विधेयक फिर्ता गरी निर्वाचनमा लाग्न बैठकले सरकारसँग माग गरेको छ।

मुख्य तीन दलका शीर्ष नेताबीच छलफल बाक्लिएसँगै प्रमुख प्रतिपक्षी दल एमालेले स्थायी समिति बैठक बस्न लागेको हो।

सरकारले संसदमा संशोधन विधेयक दर्ता गरेपछि एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका