Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुल नबन्दा सास्ती – Gaule Khabar

पुल नबन्दा सास्ती

पुल नबन्दा सास्ती

पथरी (मोरङ), मंसिर ३० –

भौडाहा गाविस शीतपुरस्थित जुडी खोलामा पुल नबन्दा स्थानीयवासीले सास्ती खेप्नु परेको छ ।

सात वर्षअघि सो पुलका लागि सरकारले बजेट विनियोजन गरेको थियो । तर अहिलेसम्म उक्त पुल निर्माण हुन सकेको छैन । आव २०६६÷६७ मा रु दुई करोड ४० लाखको लागतमा सो पुल निर्माणका लागि खाम्पाटे, धुलिखेल र हिमालयन कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।

हिमालयनले केही समय काम गरेर छाडेपछि खाम्पाटे र धुलिखेल कन्स्ट्रक्सनले निर्माण कार्यको थालनी गरेको सो कम्पनीका प्रतिनिधि रञ्जीत नेपालले बताउनुभयो । चालु आवको अन्त्यसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । हिमालयन कन्स्ट्रक्सनको लापरबाही र नियमनकारी निकाय सुनसरी–मोरङ पुल योजनाको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो ।

करिब छ वर्षअघि निर्माण कार्य सुरु भएको हो । स्थानीयवासी जितनारायण सरदार वर्षायामा पुल नभएका कारण सास्ती खप्नु परिरहेको बताउनुहुन्छ । “बालबालिका विद्यालय जान सक्दैनन्,” उहाँले भन्नुभयो ।

गाविसको सहयोगमा बर्सेनि सो खोलमा वैकल्पिक रुपमा बाँसको पुल निर्माण गरिँदै आएको छ । तर बाढीले बर्सेनि बगाउने गरेको छ । सुनसरी–मोरङ पुल आयोजनाका प्रमुख कैलाश शाहले ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य ढिलो भएको बताउनुभयो । चालु आवभित्रमा सो पुल निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही गरिने उहाँको भनाइ छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका