Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५ नम्बर प्रदेश आमहड्तालको दोश्रो दिन नेपालगन्ज ठप्प(तस्विरमा हेर्नुहोस् ) – Gaule Khabar

५ नम्बर प्रदेश आमहड्तालको दोश्रो दिन नेपालगन्ज ठप्प(तस्विरमा हेर्नुहोस् )

५ नम्बर प्रदेश आमहड्तालको दोश्रो दिन नेपालगन्ज ठप्प(तस्विरमा हेर्नुहोस् )

कृष्ण आचार्य

नेपालगन्ज,पुस २ –

५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध आयोजीत आमहड्तालले आज पनि नेपालगन्ज ठप्प छ । नेपालगन्जमा वन्दकर्ता झन् कडा रुपमा प्रस्तुत भएका छन् । नेपालगन्ज र कोहलपुरमा उनिहरु दिनभर बजार वन्द गराउदै हिडेका छन् ।केहि ठांउमा वन्दकर्ताले पसल र सवारी साधन समेत तोडफोड गरेका छन् । पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ ।नेपालगन्जमा विहानैदेखी आन्दोलनकारी चोक चोकमा वसेर प्रर्दशन गरिरहेका छन् । शैक्षिकसंस्था र उद्योगधन्दा पनि शुक्रवारवाटै संचालन हुन सकेका छैनन् ।

नेपालगज्जमा विहान वेलुका वन्द खुकुलो पारिएपनि दिउसो भने थप कडाइ गरिएको छ ।सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी संचारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन जनचाहाना विपरित ल्याइएको एमाले जिल्ला उपाध्यक्ष निरक गुरुङले वताए । उनले संसोधन प्रस्ताव फिर्ता नभएसम्म नेपालगन्जमा आन्दोलन नरोकिने जानाकारी दिए ।

हेर्नुहोस तस्विरः

8 9

2

4 5 6 7

1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका