मतदाता नामावली सङ्कलन अभियान

मतदाता नामावली सङ्कलन अभियान

भक्तपुर,मंसिर ३० –

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गाउँ गाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु गर्ने भएको छ ।

कार्यालयले भोलि पुस १ गतेदेखि आगामी माघ ५ गतेसम्ममा गाउँ गाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो ।

जिल्लाका छवटा नगरपालिकाको सबै वडा कार्यालयमा दुई दिनका दरले ९३ स्थानमा नामावली सङ्कलन केन्द्र राखेर मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरिने उहाँको भनाइ थियो ।

विसं २०७० को संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ मतदाता रहेकोमा हाल एक लाख ६३ हजार ५१० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा महिला ८३ हजार १७४ र पुरुष ८० हजार ३३५ तथा एकजना तेस्रोलिङ्गी मतदाता रहेका छन् । हाल कुल जनसङ्ख्याको ५३।६७ प्रतिशत मतदाता रहेका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ