Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हात्तीको आक्रमणबाट एकको मृत्यु – Gaule Khabar

हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

पर्सा, मंसिर ३० –

पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो ।

तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणमा परी पर्साको ठोरी, निर्मलबस्तीलगायत वनसँग जोडिएका गाविसका दर्जानौँ बासिन्दाले बर्सेनि ज्यान गुमाउँदै आएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका