यु १९ एशिया कपः नेपाल आज श्रीलंकासंग भिड्दै

यु १९ एशिया कपः नेपाल आज श्रीलंकासंग भिड्दै

काठमाडौं, मंसिर ३०–
एशिन क्रिकेट काउन्सिको आयोजनामा सुरु भएको यु १९ एशिया कप क्रिकेटमा आज नेपालले घरेलु टोली श्रीलंकाविरुद्ध खेल्दै छ ।
खेल नेपाली समय अनुसार विहान सवा १० बजे कोलोम्बोको एनसिसि मैदानमा हुनेछ । अष्ट्रेलियाबाट प्रशिक्षण लिएका फर्किएका नेपाली कप्तान सन्दिप लामिछाने र नयाँ अनुहारका युवा खेलाडीले भरिएको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । टेष्ट राष्ट्रसंग भिड्न लागेकोले नेपाली टोली आज जित हासिल गरे प्रतियोगितामा राम्रो प्रभाव जमाउने छ । नेपाली टोलीले प्रतियोगितामा सेमीफाईनल सम्मको लक्ष्य लिएको छ । नेपाली टोलीको प्रशिक्षकामा पूर्व राष्ट्रिय खेलाडी विनोद दास रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ