Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो – Gaule Khabar

कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो

कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो

धनगढी, मंसिर ३०–

कैलाली जिल्लामा पछिल्लो केही वर्षदेखि विभिन्न ठाउँबाट बसाइँ सरी आउनेको जनसङ्ख्या बढ्दै गएको छ ।

जिल्ला विकास समितिको कार्यालय, पञ्जीकरण फाँटमा दर्ता भएको तथ्याङ्कअनुसार, पछिल्लो नौ वर्षको अवधिमा कैलाली जिल्लामा अन्यत्रबाट बसाइँ सरी आउनेको जनसङ्ख्या एकलाख ६० हजार पाँचसय ६० पुगेको छ । यो अवधिमा बसाइँ सरी आउनेको ५४ हजार एकसय ६९ वटा नयाँ घर दर्ता भएको छ । जिल्लाबाट अन्यत्र बसाइँ सरी जानेको सङ्ख्या भने ६५ हजार सातसय ४७ रहेको छ ।

पञ्जीकरण फाँटका प्रमुख नित्यानन्द जोशीले देशकै सबैभन्दा बढी मानिसको बसाइँ सराइ हुने जिल्लाका रुपमा सम्भवतः कैलाली पर्नसक्ने बताउनुभयो । “कैलाली जिल्लामा नेपालका ७५ जिल्लाका अलावा आसाम र बर्माबाट समेत नेपाली आएर बसेका छन्”, जोशीले भन्नुभयो—“गाविस वा नगरपालिका कार्यालयमा दर्ताको प्रक्रिया पूरा नगरी बसाइँ सराइ गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्छ ।”

पहाडी क्षेत्रमा हुने बाढीपहिरोको समस्या, बाह्रै महिना पुग्ने गरी खाद्यान्नको अभाव हुने लगायतका कारण सहजजीवन निर्वाहका लागि विभिन्न अवसरको खोजी गर्दै तराईका जिल्लामा बसाइँ सराइ गर्नेहरु बढ्दै गएको जनाइएको छ ।

जिल्लामा सबैभन्दा बढी दुई वर्षअघि ३३ हजार नौजना बसाइँ सरी आएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६४ मा जिल्लामा बसाइँ सरी ११ हजार नौसय १७ जना आएकामा २०७२ सालमा आएर यो सङ्ख्या बढेर १६ हजार ६ सय ६ जना बसाइँ सरी आएका छन् ।

बसाइँ सरी जानेको सङ्ख्याभन्दा बसाइँ सरी आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएका कारण जिल्लाको जनसङ्ख्या पनि त्यही अनुपातमा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्याका कारण बन क्षेत्रको जग्गा अतिक्रमण हुने समस्या रहेको मात्र नभई जिल्लाको खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्नेक्रम पनि बढ्दो छ ।

यसरी बसाइँ सरी आउनेले खासगरी पूर्व—पश्चिम राजमार्गको आसपास, सहरबजार क्षेत्र र सुविधायुक्त ठाउँमा घरघडेरी जोड्ने गरेको देखिन्छ । विसं २०६८ सालको जनगणनाअनुसार कैलालीको जनसङ्ख्या सातलाख ७५ हजार सातसय नौ रहेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका