Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मन्त्री विक्रम पाण्डेको ४३ करोड ऋण – Gaule Khabar

मन्त्री विक्रम पाण्डेको ४३ करोड ऋण

मन्त्री विक्रम पाण्डेको ४३ करोड ऋण

चितवन, मंसि २९–

चितवन घर भएका भूमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । उनले सम्पति विवरण सार्वजनिक गर्दै काठमाडौं, चितवन र नवलपरासीका महँगा स्थानमा करोडौं मूल्यका जग्गा रहेको विवरण देखाएका छन् ।
सार्वजनिक विवरणमा काठमाडौंमा मन्त्री पाण्डेका नाममा ११ रोपनी भन्दा बढी जग्गा रहेको छ भने चितवन र नवलपरासीमा करीव ३० बिघा जमिन देखिएको छ । पाण्डेले खरिद गरेको मूल्यका आधारमा उक्त जग्गा करीव १० करोड बराबरका छन् ।
मन्त्री पाण्डेले करीव ४३ करोड रुपैयाँ ऋण रहेको देखाएका छन् ।

मन्त्री पाण्डेले अरु बेला गाडी चढ्ने गरेपनि सम्पति विवरणमा भने आफ्नो नामा सवारी साधन नभएको देखाएका छन् । उनले सुन भने एक सय तोला पैतृक सम्पत्तिमा आएको उनले जनाएका छन् । त्यस्तै प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी छ ।

कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोड रुपैयाँको शेयर देखाइएको छ । राप्रपा नेता पाण्डेले मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा भने अमेरिकामा रहेको सम्पत्ति देखाइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका