सम्पति विवरणः प्रचण्ड बने सुशील कोइरालापछि कै दोस्रो गरिब प्रधानमन्त्री ,चितवनमा एक कट्ठा मात्र जमीन

सम्पति विवरणः प्रचण्ड बने सुशील कोइरालापछि कै दोस्रो गरिब प्रधानमन्त्री ,चितवनमा एक कट्ठा मात्र जमीन

काठमाडौं,मंसिर २९-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसंग कति सम्पति  होला ? जो कोहिको पनि अनुमान हुन्छ “धेरै नै होला” । तर सरकारले सार्बजनिक गरेको प्रधानमन्त्रीको सम्पति विवरण हेरेव्र तपाई छक्क पर्नु हुन्छ । प्रचण्डले आफ्नी सम्पति बिवरणमा आफु संग एक कट्ठा जमीन र तीन तोला सुन बाहेक अरु केहि सम्पति नभएको बताएका छन् । यस हिसाबले उनी सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री बनेका छन्  ।

पुर्व प्रधानमन्त्री सुशील कोइरालाले आफुसंग ३ थान मोबाइल सेट मात्र भएको सम्पति बिवरण पेश गरेका थिए ।  प्रचण्डले पेश गरेको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन मात्र भएको उल्लेख गरेका छन् । यी दुवै पैतृक सम्पति रहेको समेत उनले उल्लेख गरेका छन्   । सार्बजनिक पद धारण गरेको ६० दिन भित्र सम्पति विवरण बुझाउनु पर्ने भए पनि उनले ४ महिना पछि मात्र सम्पति विवरण सार्बजनिक गरेका हुन्  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ