Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डिभिलियर्सले कप्तानी छोडे, डु प्लेसिस दक्षिण अफ्रिकी कप्तान – Gaule Khabar

डिभिलियर्सले कप्तानी छोडे, डु प्लेसिस दक्षिण अफ्रिकी कप्तान

डिभिलियर्सले कप्तानी छोडे, डु प्लेसिस दक्षिण अफ्रिकी कप्तान

काठमाडौं, मंसिर २९–

कुहिनाको चोटका कारण केही समयदेखि विश्राम गरिरहेका दक्षिण अफ्रिकी टेस्ट कप्तान एबि डिभिलियर्सले स्थायी रूपमा कप्तान पद छोड्ने निर्णय गरेका छन्। उनले आफ्नो उत्तराधिकारीको रूपमा फाफ डु प्लेसिसलाई कप्तान नियुक्त गर्न सिफारिससमेत गरेका छन्।

डिभिलियर्सको अनुपस्थितिमा भर्खरै अस्ट्रेलिया भ्रमणमा डु प्लेसिसले कप्तानी गरेका थिए। क्रिकेट दक्षिण अफ्रिकाले पनि डु प्लेसिसलाई आगामी कप्तान नियुक्त गर्ने पुष्टी गरिसकेको छ।

डिभिलियर्सले व्यक्तिगत लाभभन्दा पनि टोलीको फाइदालाई माथि राख्नु पर्ने बताए। ३२ वर्षीय यी स्टार ब्याट्सम्यानले भने–‘मेरो लागि टेस्ट टोलीको कप्तानी गर्नु ठूलो सम्मानको कुरा थियो। तर, विगत दुई श्रृंखलादेखि खेल्न सकिरहेको छुइन्। यसमा पनि श्रीलंकाविरूद्धको आगामी श्रृंखला खेल्ने विषयमा पनि स्पष्टता छैन्।’

उनले अस्ट्रेलियामा डु प्लेसिसको उत्कृष्ट प्रदर्शन पछि आफूलाई उनी नै कप्तानको हकदार लागेको बताए। डिभिलियर्स यसै वर्षको जनवरीमा हासिम अमलाको स्थानमा कप्तान नियुक्त भएका थिए। उनले इङ्ल्यान्डविरूद्ध दुई टेस्टको शृंखलामा कप्तानी गरेका थिए, जसमा एउटामा जीत र अर्कोमा हार भएको थियो।

डिभिलियर्सले डु प्लेसिसको तारिफ गर्दै भने–‘म उनलाई २० वर्षदेखि चिन्छु। हामी एउटै स्कुलको टिमबाट खेल्थ्यौं।’ डिभिलियर्सलाई अफ्रिकी मेडिकल टिमले टि–२० प्रतियोगिता पनि नखेल्न सल्लाह दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका