Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हरियो वन कार्यक्रम विश्वमै उदाहणीय – Gaule Khabar

हरियो वन कार्यक्रम विश्वमै उदाहणीय

हरियो वन कार्यक्रम विश्वमै उदाहणीय

काठमाडौँ, मंसिर २९ –

वातावरणविद्हरुले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा जैविक विविधता संरक्षण र आय आर्जनमूलक कार्यका लागि नेपालका विभिन्न जिल्लामा सञ्चालित ‘हरियो वन कार्यक्रम’ विश्वमै उदाहरणीय भएको बताएका छन् ।

‘हरियो वन कार्यक्रम’ सरकारको समन्वय र युएसआइडीको सहयोगमा विश्व वन्यजन्तु कोष, केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र नेपाल प्रकृति संरक्षण कोषद्वारा संयुक्तरुपमा सञ्चालित कार्यक्रम हो ।

पहिलो चरणको पाँचवर्षे कार्ययोजना समापनका अवसरमा आज यहाँ अयोजित कार्यक्रममा वातावरण विषयका जानकारहरुले विभिन्न संस्थाको समन्वयमा सफल भएको ‘हरियो वन कार्यक्रम’ सरकारका अन्य कार्यक्रमका लागि मात्र नभई विश्वमै उदाहरणीय भएको धारणा राख्नुभयो ।
कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले धेरै व्यक्ति र संस्थाको समन्वयमा सफल भएको ‘हरियो वन कार्यक्रम’ ले ग्रामीण क्षेत्रका महिला र अल्पसङ्ख्यकको सहभागिता बढाई उनीहरुलाई सशक्तीकरण गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई आगामी दिनमा ‘हरियो वन नेपालको धन’ नारासँग जोडेर ल्याउन सुझाव दिँदै सचिव पौडेलले जलवायु परिवर्तन र जैविक विविधतालाई सँगसँगै जोडेर अघि बढ्नुपर्ने बताउनुुभयो ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले सबैको प्रयासस्वरुप केही वर्षयता जैविक विविधता संरक्षणमा उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै बढ्दै गएको मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुुभयो ।

महानिर्देशक आचार्यले जैविक विविधता संरक्षणको आगामी कार्यक्रमलाई प्रत्यक्ष रुपमा स्थानीय जनताको जीविकोपार्जन र पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा युएसआइडीका वातावरण शाखा प्रमुख डा कार्ल वुस्र्टरले ‘हरियो वन कार्यक्रम’ स्थानीय जनता र सरकारबीच समन्वयमा पर्यावरण व्यवस्थापनका लागि सफल भएको बताउँदै यो कार्यक्रम अन्य मुलुकका लागि समेत प्रेरणादायी हुने विचार व्यक्त गर्नुभयो ।

हरियो वन कार्यक्रमका प्रमुख जुडी ओग्लेथोर्पेले कार्यक्रमका बारेमा जानकारी गराउँदै कार्यक्रमबाट स्थानीय जनता सशक्तीकरण भई जैविक विविधता संरक्षणमा देखिएका चुनौती सामना गर्न सफल भएको धारणा व्यक्त गर्नुभयो ।

विश्व जन्तु कोष नेपालका वरिष्ठ कार्यक्रम निर्देशक डा घनश्याम गुरुङले विभिन्न चुनौतीका बाबजुद पाँचवर्षे कार्यक्रम सफल भएको भन्दै यस कार्यक्रमबाट सिकेका अनुभवलाई आगामी कार्यक्रममा समेट्न सुझाव दिनुभयो ।

सन् २०११ देखि २०१६ सम्म सञ्चालित ‘हरियो वन कार्यक्रम’ को पहिलो चरणको पाँच वर्षे कार्यक्रम सम्पन्न भई सन् २०१७ देखि दोस्रो चरणको कार्यक्रम सुरु हुदैछ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका