Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कुन सपनाको फल कस्तो हुन्छ ! – Gaule Khabar

कुन सपनाको फल कस्तो हुन्छ !

कुन सपनाको फल कस्तो हुन्छ !

मंसिर २९–

सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ।

हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस।

  1. आकाशमा मास्तिर उड्नु– टाढा(टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।आकाशमा उड्नु–     लाभ हुन्छ ।
  2. आकाशबाट झर्नु– समाजमा बेइज्जती हुन्छ ।
  3. आकाश देख्नु– प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
  4. आकाशमा बादल देख्नु– सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ
  5. पानी पर्नु – बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
  6. पानी एकै ठाउँ परिरहनु –    परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो
  7. बिजुलीका साथ पानी परेको देख्नु – बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
  8. जमीनसम्म देख्नु – दौलत मिल्छ ।
  9. जमीनमा जोतेको, छरेको, रोपेको देख्नु – संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
  10. आकाशका धूलो वा आँधी देख्नु – त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो
  11. बिजुली देख्नु – मालदार हुइन्छ ।
  12. जमीनमा मिल्नु – वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
  13. जङ्गलमा हिँड्नु – धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
  14. जङ्गलमा खानु पिउनु – धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
  15. माटो खानु – धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
  16. माटोमा हिँड्नु – धनी होइन्छ
  17. ईनार खन्नु – आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
  18. इनारबाट सिँचाइ गर्नु – आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन(दुःखीलाई मद्दत गर्छ
  19. इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु – दीन वा दुःखीहरुको सेवा गर्छ ।
  20. इनारबाट पानी पियाउनु – साधु वा महात्माको सेवा गर्छ ।
  21. इनारबाट पानी निकाल्नु – आम्दानीमा वृद्धि हुन्छ ।
  22. इनारमा झर्नु – मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ
  23. इनारबाट निस्कनु – जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
  24. पानीमा हिँड्नु – कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
  25. खोलामा बाढी देख्नु – रीस या मुसीबतको सूचना हो ।
  26. नदीमा अँध्यारो देख्नु – परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
  27. सोतो तर्नु – मरण नजीकिएको निशानी हो ।
  28. नदी या कुलोमा नुहाउनु – कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
  29. भुसमा भासिनु – मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
  30. कुलाको फोहोर पानी पिउनु – कुनै रोगमा फस्ने सूचना हो ।
  31. कुलोलाई अर्कातिर बगाउनु – शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
  32. हौज देख्नु – कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
  33. नाउ देख्नु – शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
  34. नाउमा चढेको देख्नु – राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
  35. नाउबाट सुखा भुइँमा उत्रनु – दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
  36. नाउलाई सुखा मैदानमा देख्नु – मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
  37. जमीनमा केही बनाउनु – असल दिलको हुइन्छ ।
  38. ताराको चमक देख्नु – राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
  39. तारा समूहलाई अति चम्किलो देख्नु – देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छस संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
  40. तारानिल्नु – चोरी गर्छ र तकलीफमा फस्छ ।
  41. तारालाईहातमा लिनु – गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ
  42. नाउसहितआफूलाई डुबेको देख्नु – राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
  43. पहाडदेख्नु – शत्रुमाथि विजय प्राप्त हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका