Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा खुल्यो ‘एजुकेशन एण्ड माईग्रेशन कर्नर’ – Gaule Khabar

चितवनमा खुल्यो ‘एजुकेशन एण्ड माईग्रेशन कर्नर’

चितवनमा खुल्यो ‘एजुकेशन एण्ड माईग्रेशन कर्नर’

चितवन, मंसिर २९–

चितवनमा नयाँ शैक्षिक परामर्श व्यवसाय (कन्सलटेन्सी) संचालनमा आएको छ ।
आज (बुधबार)बाट नारायणगढस्थित कमलनगर चोकमा एजुकेशन एण्ड माईग्रेशन कर्नर कन्सलटेन्सी संचालनमा आएको हो । एक औपचारिक कार्यक्रमकाबीच शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनका उपाध्यक्ष भानुभक्त खरेलले रिवन काटेर कार्यालयको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष खरेलले चितवनमा कन्सलटेन्सीहरुको भीडमा नयाँ खुलेकोमा बधाई दिँदै उत्कृष्ट कन्सलटेन्सीको रुपमा चितवनमा छाओस् भनि शुभकामना दिनुभयो । उहाँले शैक्षिक परामर्श व्यवसाय नाफामुखी नभई सेवा मुखी भएको भन्दै सही परार्श दिनुपर्ने बताउनुभयो ।

cons-2
कार्यक्रममा बोल्दै एजुकेशन एण्ड माईग्रेशन कर्नर कन्सलटेन्सी अष्ट्रेलियाका प्रवन्ध निर्देशक सुनिल उप्रेतीले अष्ट्रेलियालगायतका धेरे देशहरुमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने प्रचलन बढेकोले सही परामर्श दिन चितवनमा शाखा संचालन गरिएको जानकारी दिनुभयो । उहाँले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सही परामर्श दिन आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
यस कन्सलटेन्सीको यो चौथो शाखा कार्यालय हो । यस कन्सलटेन्सीबाट अष्ट्रेलियासंगै युएसए, न्यूजील्याण्ड र जापानमा विद्यार्थीहरुलाई पठाईने चितवन शाखा प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।

cons-3

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका