Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली हवाइसेवालाई युरोपमा प्रतिवन्ध – Gaule Khabar

नेपाली हवाइसेवालाई युरोपमा प्रतिवन्ध

नेपाली हवाइसेवालाई युरोपमा प्रतिवन्ध

काठमाडौं, मंसिर २९–

नेपाली हवाइसेवा कम्पनीहरुलाई युरोपियन युनियन (इयु)को कालोसूचीबाट हटाउन सरकार असफल भएको छ । लामो समयदेखि इयुले नेपाली एयरलाइसन्सलाई कालोसूचीमा राख्दै आएको छ ।

यसले नेपालको हवाइसेवा अझै नसुध्रिएको नेपाली आकाश अझै जोखिमूपर्ण रहेको सन्देश दिएको छ ।

सरकारले प्रयास र पहल गरेको बताएपनि यसपटक पनि इयुले नेपाली एयरलाइन्सहरुलाई नेपालका १८ वटै युरोपमा उडानको अनुमति नदिने गरी कालोसूचीमा कायमै राख्यो । इयुले नेपाली हवाइसेवा कम्पनीले सुरक्षा मापदण्डहरु पुरा नगेको आरोपमा इयुले कालोसूचीबाट नहटाएको हो ।

एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिमि्रक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स इयुको कालोसूचीमा कायमै रहेका हुन् ।

यसले अब नयाा बिमान ल्याएर युरोपका लागि उड्ने नेपाल बायुसेवा निगमको योजनामा धक्का लागेको छ । अन्तर्राष्ट्रिय रुपमा राम्रो कुटनीतिक पहल नहुँदा पनि इयुले नेपाली हवाइ सेवाकालाई कालोसूचीमा कायमै राखेको हो ।

कालोसूचीमा कुन-कुन कम्पनी ?

eu-blacklist

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका