तीनलाख ५० हजार आँखारोगीको शल्यक्रिया

तीनलाख ५० हजार आँखारोगीको शल्यक्रिया

काठमाडौँ, मंसिर २९–

नेपाल नेत्रज्योति सङ्घले गत वर्ष करिब तीन लाख ५० हजार आँखा रोगीलाई शल्यक्रिया गरी उपचार सेवा पुर्याएको छ ।

सङ्घले देशका विभिन्न स्थानमा ७४ उपचार केन्द्र तथा १७ वटा अस्पताल स्थापना गरिसकेको छ । सोही केन्द्र, अस्पताल तथा विभिन्न जिल्लाका दुर्गम स्थानमा शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा पुर्याएको हो ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेका कतिपय स्थानमा निःशुल्क तथा केही स्थानमा शुल्क लिएर सङ्घले सेवा उपलब्ध गराएको छ । एक वर्षमा करिब एक लाखलाई निःशुल्क शल्यक्रिया गरिएको छ ।

शिविर तथा उपचार केन्द्रमा सामान्य शल्यक्रिया गरिए पनि अस्पतालमा भने ठूला रोगको सफलतापूर्वक शल्यक्रिया भएको सङ्घका कार्यकारी निर्देशक शैलेश मिश्रले जानकारी दिनुभयो । सङ्घले स्थापना गरेको अस्पतालमा विभिन्न शिक्षण अस्पतालमा आँखाको अध्ययन गरेका चिकित्सकले अभ्याससमेत गर्ने गरेको निर्देशक मिश्रले बताउनुभयो ।

सन् २०२० सम्म देशका विभिन्न स्थानमा ६२ वटा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सङ्घले जनाएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ