Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पानीमा जनताको लगानी आवश्यक मन्त्री शर्मा – Gaule Khabar

पानीमा जनताको लगानी आवश्यक मन्त्री शर्मा

पानीमा जनताको लगानी आवश्यक  मन्त्री शर्मा

विराटनगर, मंसिर २८ –

ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् उत्पादनको बढोत्तरीका लागि ठूला जलाशययुक्त आयोजनाको निर्माणकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घ र मोरङ उद्योग सङ्गठनद्वारा आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री शर्माले अगामी पाँच वर्षभित्रै मुलुकले विद्युत् निर्यात गर्न सक्ने बताउनुभयो । उहाँले ठूला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि उत्साहित हुनुपर्नेमा जोड दिँदै तमोर र अरुण लगायतका आयोजनामा सर्वसाधारणका लागि सेयर निष्काशन गर्न मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।

‘नेपालको पानीमा जनताको लगानी’ नाराका साथ ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने विषयमा जानकारी गराउँदै उहाँले कर्णाली–चिसापानी आयोजना सुरु गर्ने सोचाइरहेको बताउनुभयो । ‘अध्यारोको विरुद्ध उज्यालोको लडाइ’ उद्देश्यका साथ काम सुरु गरिएको मन्त्री शर्माको भनाइ थियो ।

व्यक्तिगत स्वार्थलाई त्याग गरेर जनताप्रति उत्तरदायित्व भएर कार्य गरेमा लक्ष्य प्राप्ति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आपूmले कुनै चमत्कार नगरेको तर मुलुकमा रहेको विद्युतलाई व्यवस्थित मात्र गरेको मन्त्री शर्माको भनाइ थियो ।

सो अवसरमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले उद्योग मुलुकको पहिचान भएको चर्चा गर्दै जलविद्युत् क्षेत्रमा लगानीमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् वितरण कार्यको व्यवस्थापन इमान्दारितापूर्वक गरिएको बताउनुभयो ।

उहाँले पूर्व क्षेत्रका लागि कुशहा– कटैया लाइनमा एक महिनामा काम सम्पन्न भएपछि एक सय ५० मेगावाट विद्युत् आपूर्ति हुने र इनरुवामा ४०० केभीको लाइनको निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका