Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्षेत्रीय भलिबल पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला – Gaule Khabar

क्षेत्रीय भलिबल पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

क्षेत्रीय भलिबल  पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

बैतडी, मंसिर २८ –

सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ ।

अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो ।

कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिनुभयो । उक्त प्रतिष्पर्धामा अछाम दोस्रो तथा कैलाली तेस्रो भयो । कञ्चनपुर पुरुषतर्फ विसं २०५० सालदेखि भलिबलको क्षेत्रीय प्रतियोगितामा लगातार प्रथम हुँदै आएको छ । यही मङ्सिर २४ गतेबाट सुरु भएको सो प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाको सहभागिता रहेको थियो ।

यस्तै बाजुराको मार्तडी मालिका उच्च माविमा सम्पन्न क्षेत्रीय महिला भलिबल प्रतियोगितामा दार्चुला प्रथम, कञ्चनपुर दोस्रो र बाजुरा तेस्रो भयो । कञ्चनपुरलाई हराउँदै दार्चुला पहिलो भएको हो । विसं २०५० देखि प्रथम हँुदै आएको कञ्चनपुर महिलातर्फ यस वर्ष मात्र दोस्रो भएको हो ।

प्रतियोगितामा पहिलो, दोसो र तेस्रो हुने टिमलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । “चाँडै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले खेलाडी छनोट गर्नेछ,” रेफ्री रावलले भन्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका