Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोहम्मद जन्मजयन्तीका अवसरमा पदयात्रा – Gaule Khabar

मोहम्मद जन्मजयन्तीका अवसरमा पदयात्रा

मोहम्मद जन्मजयन्तीका अवसरमा पदयात्रा

नवलपरासी, मंसिर २८ –

मुसलमान धार्मिक गुरु मोहम्मद साहबको जन्मजयन्तीका अवसरमा यहाँ राष्ट्रिय झन्डासहित उत्सव पदयात्रा निकालिएको छ ।

यहाँको मुसलमान समुदायले एक हजार चार सय ४५ औं मोहम्मद जन्मजयन्तीका अवसरमा आज सदरमुकाम परासीमा पदयात्रा निकालिएको हो ।

मोहम्मद जन्मजयन्तीका दिन मुसलमान समुदायले मोहम्मद साहबको जन्मको खुसीमा उत्सव पदयात्रा निकाल्ने, नमाज पढ्ने, दानपुण्य गर्ने र एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।

मोहम्मद जन्मजयन्तीका अवसरमा राष्ट्रिय झन्डा फहराउँदै निकालिएको पदयात्रामा सहभागी हुन जिल्लाका २५ मदरसाबाट मुुसलमान धर्मावलम्बी परासी पुगेका थिए ।

मोहम्मद जन्मज्यन्ती मुसलमान समुदायको महान् पर्वका रुपमा लिइन्छ । नेपालमा मनाउँदै आइएको यस दिनमा सरकारले सार्वजनिक बिदा नदिएकामा मुसलमान समुदायले गुनासो गरेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका