Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उपराष्ट्रपतिद्वारा वन्यजन्तु संरक्षणमा चासो – Gaule Khabar

उपराष्ट्रपतिद्वारा वन्यजन्तु संरक्षणमा चासो

उपराष्ट्रपतिद्वारा वन्यजन्तु संरक्षणमा चासो

चितवन, मंसिर २७–

उपराष्ट्रपति नन्दबहादुर पुनले चितवन राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्र हुँदै लामी ताल, तमोर ताल, कमल ताल, बूढी राप्ती, खरमजदुर फाँट, सुखिभार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

अवलोकनपछि कसरास्थित संरक्षण सूचना चौतारीमा हस्ताक्षर गरेर उपराष्ट्रपति पुनले संरक्षणमा चासो व्यक्त गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले वन्यजन्तु संरक्षण, जनावरका आनीबानी, बासस्थान, विचरण, संरक्षणमा देखिएका चुनौती, उपलब्धिलगायत विषयमा प्रमुख संरक्षण अधिकृत कँडेलमार्फत जानकारी लिनुभएको थियो ।

उपराष्ट्रपति पुनले मङ्गलबार निकुञ्जका अन्य महत्वपूर्ण स्थानको अवलोकन गर्नाका साथै गैरसरकारी संस्था महासङ्घको २२औँ वार्षिक साधारणसभा एवम् राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका