Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मेरो पहिलो पार्टी राप्रपा नै होः रेखा थापा – Gaule Khabar

मेरो पहिलो पार्टी राप्रपा नै होः रेखा थापा

मेरो पहिलो पार्टी राप्रपा नै होः रेखा थापा

काठमाडौं, मंसिर २७–

चर्चित नायिका रेखा थापा आज (सोमबार)बाट राष्ट्रिय प्रजातन्त्र पार्टी) मा प्रवेश गरेकी छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नायिका रेखा राप्रपामा प्रवेश गरेकी हुन् ।
सोही कार्यक्रममा बोल्दै नायिका थापाले आफ्नो पहिलो पार्टी राप्रपा नै भएको स्पष्ट पारिन् । उनले पहिलो पटक पार्टी सदस्यता लिएको पार्टी राप्रपा भएको बताईन् । “विगतमा मैले साँसदको टिकट समेत पाएको थिए तर लिन सकिन सायद राप्रपाको छोरी भएर होला, आज पहिलो पटक पार्टीमा लाग्ने क्रममा राप्रपामा आएको छु ।” उनले देशमा यतिबेला राष्ट्रियताको सवाल पेचिलो बनिरहेकोले राष्ट्रियता रक्षा गर्ने पार्टी राप्रपा भएको बताईन् । “मेरो शुभचिन्तकहरु अझै पनि भ्रममा छन्, रेखाले पार्टी परिवर्तन गरिन्, अवसरवादी भईन्, तर म कहिल्यै अवसरवादी भईन्, राष्ट्रियताको विपक्षमा म कहिल्यै जान सक्दिन, राष्ट्रियताकै लागि लड्छु, हिन्दु धर्मको लागि लडिरहन्छु, म हिन्दु नारी हुँ ।”–नायिका थापाले भनिन् । उनले थपिन्–“मेरो रगत रगतमा हिन्दुत्व बगेको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका