पुष्पालाई सिएनएन सुपर हिरोको उपाधि प्रदान

पुष्पालाई सिएनएन सुपर हिरोको उपाधि प्रदान

वासिङ्टन डिसी, मंसिर २७–

नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ ।

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो ।

उहाँलाई जिताउन मत अभियान चलाइ रहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी गराउनुभएको हो ।

काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आउनुभएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहनुभएको छ । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भन्नुभएको छ, सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । उहाँले अगाडि थप्नु भएको छ, मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहनुभएको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ