Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संशोधन प्रस्ताव स्थगन गर्न देउवा सहमत – Gaule Khabar

संशोधन प्रस्ताव स्थगन गर्न देउवा सहमत

संशोधन प्रस्ताव स्थगन गर्न देउवा सहमत

काठमाडौं, मंसिर २७–

सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तामा देउवाले संशोधन विधेयक स्थगन गर्ने जनाउँदै नयाँ ढंगबाट छलफल अघि बढाएर सहमति खोज्ने प्रस्ताव गरेको आजको राजधानी दैनिकमा खबर छ ।

सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति देउवा आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए। संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न पुगेका देउवालाई संविधानविरोधी र राष्ट्रघाती संशोधनको विषयमा कुनै सहमति नहुने जनाउ दिएपछि स्थगन गरी नयाँ ढंगबाट सहमति खोज्ने प्रस्ताव गरेका हुन। भेटमा देउवाले गतिरोधका कारण निर्वाचनका लागि आवश्यक महत्वपूर्ण कानुन निर्माण गर्न अवरोध भएको भन्दै संसद् सुचारु गर्ने काममा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए। तर, ओलीले निर्वाचन कानुनको साटो संविधान मिचेर देश र जनताविरोधी संशोधन किन ल्याएको भन्दै संसदमा छलफल गर्नै अयोग्य विधेयकलाई फिर्ता लगेर निर्वाचन कानुन ल्याउन सुझाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका