चुनाव ग्यारेन्टी हुन्छ भने संविधान संशोधनमा तयार छौं : ओली

चुनाव ग्यारेन्टी हुन्छ भने संविधान संशोधनमा तयार छौं : ओली

काठमाडौं,मंसिर २६-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गरेर निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी हुने भए आफूहरु संशोधन गर्न तयार रहेको बताएका छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार अनेरास्ववियुले गरेको कार्यक्रममा उनले संशोधनपछि चुनाव हुने ग्यारेन्टी गरेमा आफूहरु संसद खोल्न र संविधान संशोधनमा सहयोग गर्न तयार रहेको बताएका हुन्।

यो समय संविधान कार्यान्वयन गरेर जाने बेला हो। यस्तो अवस्थामा सरकार निर्वाचनको बेवास्ता गरेर बिनाकारण संविधान संशोधनको मुद्दामा केन्द्रित भएको छु नेता ओलीले भने,संशोधन गरेपछि निर्वाचन हुन्छ भन्ने कुरा स्पष्ट पार्नुस्। यदि संशोधन गरेर निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी भए हामी संशोधन गर्न तयार छौं।

सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेदेखि प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ। प्रतिपक्षीले संशोधन विधेयकको विरोध गरेर चुनाव गर्न नचाहेको आरोप सत्तापक्षले लगाएका बेला ओलीको यस्तो भनाइ आएको हो। अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नभएको भन्दै ओलीले मुलुक गम्भीर अवस्थामा पुगेको बेला आफू राजनेता बन्न नचाहेको तर जनताका लागि भने सधैंभरि लड्ने व्यक्ति भएको बताए।

सीमांकन फेरबदल गरेर देश टुक्र्याउन खोजिएको आरोप लगाउँदै ओलीले आफू सहमत हुन नसक्ने दावी गरे। मुलुक अप्ठ्यारो स्थितिमा भएको बेला म राजनेता बन्न चाहन्नु ओली भन्छन्,हाम्रा पुर्खाले बनाएकोरसंरक्षण गरेको देश टुक्राउन दिइदैन। अर्को प्रसङ्गमा पूर्व प्रधानमन्त्री ओलीले महिलालाई सामाजिक सुरक्षा र सम्मानमा समानता ल्याउनुपर्ने बताए। ३३ प्रतिशतको माग महिलाको जनसंख्याका आधारमा कम हुने भन्दै उनले अब अधिकार माग्दा प्रतिशत बढाउनुपर्ने बताए। उनले जनसंख्या प्रतिशतका आधारमा महिला सहभागिता समेत बढाउनुपर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ