Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिलाले रुची नदेखाउने कारण – Gaule Khabar

महिलाले रुची नदेखाउने कारण

महिलाले रुची नदेखाउने कारण

एजेन्सी-

दाम्पत्य जीवन सुखी बनाउन यौनको मुख्य भूमिका हुन्छ । तर, महिलामा हुने यौनप्रतिको अरुचिले दाम्पत्य जीवनलाई नै जोखिममा पारेको उदाहरण प्रशस्त छन् ।

यौन अंगमा रक्तसञ्चार कम भए यौन अरुचि हुनसक्छ । मधुमेह र उच्च रक्तचापजस्ता रोगले रक्तसञ्चारमा कमी ल्याउने गर्छ । उमेर पुगेपछि महिनावारी रोकिने बेला, गर्भनिरोधक पिल्स खाँदा र थाइराइड सम्बन्धी समस्या देखापरेको वेला शरीरमा उत्पन्न हुने हार्मोनले यौन अनिच्छा निम्त्याउँछ । डिप्रेसन रोक्ने औषधीको सेवन अथवा किमोथेरापीले पनि अरुचि जाग्न सक्छ । त्यस्तै, गुप्तांगको शल्यक्रिया गर्दा नशा काटिएमा अथवा अनिद्रा र डिप्रेसन भएमा महिलालाई यौनप्रति अरुचि हुनसक्छ ।

यौन रुचि जगाउन के गर्ने ?
शरीरमा यौन उत्तेजना बढाउन एस्ट्रोजन अथवा टेस्टोस्टेरोन हार्मोन आवश्यक हुन्छ । यस्ता हार्मोन बढाउने औषधी सेवन गरेर समस्या समाधान गर्न सकिन्छ । यौनांगमा रक्त सञ्चार बढाउने औषधी पनि बजारमा पाइन्छ । चिकित्सकको सल्लाहमा यस्ता औषधी सेवन गर्न सकिन्छ । यसबाहेक, सेक्स थेरापिस्टको सेवा पनि लिन सकिन्छ । नियमित व्यायाम र सन्तुलित भोजन यौन रुचि जगाउन सहायक हुन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका