Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निष्पक्ष न्याय प्रदान गर्न अग्रसर हुनुपर्छः प्रधानन्यायाधीश कार्की – Gaule Khabar

निष्पक्ष न्याय प्रदान गर्न अग्रसर हुनुपर्छः प्रधानन्यायाधीश कार्की

निष्पक्ष न्याय प्रदान गर्न अग्रसर हुनुपर्छः प्रधानन्यायाधीश कार्की

हेटौैँडा, मंसिर २६–

प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतका न्यायाधीश र कर्मचारीले न्याय प्रदान गर्दा व्यवहारिक, निष्पक्ष र कतव्र्य परायणका साथ अग्रसर हुुनुपर्ने बताउनुभएको छ ।

उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश, कर्मचारी र सरकारी वकिलका बीच आज छलफल गर्नुहुँदै उहाँले छिटो छरितो न्याय सम्पादन र अदालतमा विचौलियाको बिगबिगीलाई रोक्न अदालतको प्रशासन चुस्त हुनुपर्ने बताउनुभयो ।

राष्ट्रमा संवैधानिक सङ्कट आइपर्दा सर्वोच्च अदालतको इजलाशले देश, जनता र प्रजातन्त्रको रक्षाका लागि व्यवहारिक र निष्पक्ष निकास दिने गरेकाले राजनीतिक सङ्कट स्वतः अन्त्य प्रधानन्यायाधीश कार्कीको भनाइ थियो ।

सो अवसरमा उच्च अदालत पाटन हेटौँडा अदालतका न्यायाधीश बाबुराम रेग्मीले हाल भइरहेको न्याय सम्पादनको कार्यप्रगति, आवश्यक जनशक्तिको तथ्याङ्क र जिल्लामा न्याय सम्पादनको अनुगमन भइरहेको विषयमा जानकारी गराउनुभएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका