Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रोल्पा र प्युठानका जनताको आन्दोलनमा दाङको साथ हुने – Gaule Khabar

रोल्पा र प्युठानका जनताको आन्दोलनमा दाङको साथ हुने

रोल्पा र प्युठानका जनताको आन्दोलनमा दाङको साथ हुने

घोराही,मंसिर २०-

दाङ प्रादेशिक राजधानी सरोकार समितिले पाँच नम्बर प्रदेशका पहाडि जिल्लाहरु रोल्पा र प्युठानका जनताले थालेको आन्दोलनलाई सघाउने भएको छ । दाङलाई प्रादेशिक राजधानी बनाउने गरि दवाब सृजना गर्दै जाने र रोल्पा तथा प्युठानलाई पाँच नम्बर प्रदेश मै राख्नका लागि त्यहाँको संघर्ष समितिको आन्दोलनलाई सघाउने निर्णय गरेको हो ।

समितिको आयोजनामा सोमबार घोराहीमा भएको छलफलमा राप्तीलाई पाँच नम्बर प्रदेशमै राख्नु पर्ने र त्यसको राजधानी दाङमा बनाउने गरि आन्दोलनलाई अघि बढाउने बिषयमा जिल्लाका सबै दलहरु सँग छलफल गर्ने निर्णय समेत भएको छ ।

रोल्पा र प्युठान सहितका पहाडी जिल्लाका नागरिकहरुले पाँच नम्बर प्रदेशका आफुहरुलाई अलग गर्न नहुने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । यसैबिच सरोकार समिति सदस्यहरुमा मतभेद देखिएको छ ।

सरकारमा रहेका दलका नेताहरुले दाङ प्रादेशिक राजधानी बनाउने बिषयमा समर्थन भएको तर सिमाहेरफेरको बिरुद्धमा भने जान नसकिने बताएका छन् । समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षतामा भएको छलफलमा बोल्ने बक्ताहरुले मिश्रित धारणा राखेका थिए ।

दाङलाई प्रादेशिक राजधानी बनाउने बिषयमा सबै एकमत देखिए पनि सिमा हेरफेरको संबिधान संशोधन प्रस्ताबमा भने नेपाली कांग्रेस र माओबादी केन्द्रमा आस्था राख्नेहरुले विमति जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका