Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनको जयमंगलामा जारी महायज्ञमा ५५ लाख बढि संकलन – Gaule Khabar

चितवनको जयमंगलामा जारी महायज्ञमा ५५ लाख बढि संकलन

चितवनको जयमंगलामा जारी महायज्ञमा ५५ लाख बढि संकलन

चितवन,मंसिर २६-

पुर्वि चितवनको रत्ननगर–१३ जयमंगलामा जारी श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा ५५ लाख रुपैयाँ भन्दा बढि आर्थिक संकलन भएको छ । आज छैठौ दिनसम्म सो रकम संकलन भएको आयोजकले जनाएको छ ।श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा महायज्ञ गरिएको हो ।महायज्ञमा आज छैठौँ दिन रत्ननगर–१३ निवासी कृष्ण कुमारी बस्नेतले १ लाख ५५ हजार १ सय ५५ रुपैयाँ दान गर्नुभएको छ ।

त्यस्तै रत्ननगर–१३ निवासी राजन भट्टले १ लाख ५५ हजार रुपैयाँ, सोहि ठाउँका कृष्ण प्रसाद अधिकारी र कृष्ण बहादुर घिमिरेले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।यस्तै रत्ननगर १३ निवासी हेमलता खड्काले १ लाख १ हजार १ सय ११ रुपैयाँ, र रत्ननगर ११ निवासी कुल बहादुर खत्रिले १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

महायज्ञमा रत्ननगर–१३ निवासी ठेकेदार प्रभु महतोले १ लाख १ हजार १ रुपैयाँ , सोहि ठाउँका कृष्णमोहन कायस्थले १ लाख १ हजार रुपैयाँ  रत्ननगर–१३ निवासी अम्बिका प्रसाद अधिकारीले २५ हजार ५ सय २५ रुपैयाँ, सोहि ठाउँका शिबराज भट्टराईले २५ हजार १५ रुपैयाँ, त्यस्तै कालिका ७ निवासी रुद्र प्रसाद पाण्डेले २१ हजार १ सय ११ रुपैयाँ, रत्ननगर ९ निवासी पण्डित टोमनाथ गौतमले ११ हजार ६ सय ६५ रुपैयाँ ,जनचेतना टोल बिकास संस्था रत्ननगर ११ ले १२ हजार १ सय रुपैयाँ, प्रदान गरेको छ ।

रत्ननगर १३ निवासी केदारनाथ घिमिरेले ११ हजार १ सय ११ रु्रुपैयाँ, सोहि ठाउँका ऋषिराम अधिकारीले ११ हजार १ सय ११ रुपैयाँ ,रत्ननगर १३ निवासी देबका न्यौपानेले १० हजार १ सय ४७ रुपैयाँ, कालिका–७ निवासी लक्ष्मी केसीले ७ हजार ९ हजार १ सय ९८ रुपैयाँ, सोहि ठाउँका नारायणी देबी केसीद्धारा ७ हजार ४ सय ४६ रुपैयाँ तुलादान गर्नुभएको छ ।महायज्ञमा आज द आर्ट अफ लिभिङका प्रशिक्षक पवन नेपाल र महेस सन्यास गुरुकुल आश्रमका प्राचार्य डा. गुरु प्रसाद सुबेदीको बिशेष उपस्थिती रहेको थियो ।बक्ताहरुले मानविय सहायता, परोपकार तथा वैदिक सनातन धर्मका बारेमा महायज्ञ परिसरमा उपस्थित भक्तालुहरु माझ प्रवचन दिएका थिए ।

यसैबिच भोलि सातौ दिन महायज्ञमा रत्ननगर–९ निवासी स्वामी महेन्द्र भट्टराई प्रमुख अतिथीका रुपमा आउनु हुने भएको छ । उहाँले बिहान ११ देखि १२ बजेसम्मको सुन्य समयमा प्रवचन दिने कार्यक्रम छ ।

वैदिक सनातन धर्मको संरक्षण, हालको गुरुकुलमलाई कक्षा १२ सम्म बिस्तार, गुरुकुलमका लागी छुट्टै आवास तथा छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहांसिक संरचनाको जिर्णोद्धारका लागी महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले पाठ–पारायण गरिरहनु भएको छ । महायज्ञ मंसिर २९ गतेसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका