किरात खालिङ राई उतथान संघ अमेरिका शाखा अध्यक्षमा मंकर खालिङ

किरात खालिङ राई उतथान संघ अमेरिका शाखा अध्यक्षमा मंकर खालिङ

काठमाण्डौ । किरात खालिङ राई उत्थान संघ अमेरीका शाखाको प्रथम अधिवेशन सम्पन्न ।

विश्वभरि रहेका किरात खालिङहरुको छाता सस्था किरात खालिङ राई उत्थान संघले मंसिर १२ गते सोमबार ज्याक्सन हाईट न्यूयोर्क स्थित आफ्नो कार्यलयमा प्रथम अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट मंकर बहादुर खालिङ राईको अध्यक्षतामा १७ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सस्थाको प्रथम उपाध्यक्षमा पविधन खालिङ, द्घीतिय उपाध्यक्षमा पर्खिधन खालिङ, सचिब सरणभक्त खालिङ, सह–सचिब गोपाल खालिङ, कोषाध्यक्ष किरण खालिङ, सह–कोषध्यक्षमा अर्पणा खालिङ, सदस्य दुर्गाबहादुर खालिङ, नव खालिङ, जोरबीरि खालिङ, सर्वधन खालिङ, कमला खालिङ, नुरसरी खालिङ, संगिता खालिङ, डेभिड खालिङ, जोशना खालिङ, रिता खालिङ चयन भएका छन् ।

कार्यक्रममा समाजसेवी मिलन चाम्लिङ, युनाईटेड किरात राई एसोसिएशन न्यूयोर्क च्याप्टरका अध्यक्षा ममता राई, गायिका यसोदा खालिङ राई, कल्पना खालिङ, प्रेमहाङ खालिङ लगायत अमेरीकामा रहेका खालिङहरुको बाक्लो उपस्तिसथ रकेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका