Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महोत्तरीमा जाडोबाट एकको मृत्यु – Gaule Khabar

महोत्तरीमा जाडोबाट एकको मृत्यु

महोत्तरीमा  जाडोबाट एकको मृत्यु

गौशाला, मंसिर २६ –

महोत्तरी जिल्लाको मटिहानी गाविसमा कठ्याङ्ग्रिदो जाडोबाट आज अपराह्न मटिहानी गाविस– ४ बस्ने ७० वर्षीय नथुनी पासवानको मृत्यु भएको छ ।

तीन चार दिनदेखि जिल्लामा चलेको शीतलहर र चिसो हावाका कारण पासवानको आज आफ्नै घरमा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सीतारामले बताएका छन् ।

निम्नवर्गीय परिवारका पासवानको पर्याप्त न्यानो लुगाफाटा र पोसिलो खानाको अभावमा मृत्यु भएको स्थानीय बासिन्दा बताउँछन् । जिल्लामा एक सातादेखि अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका