Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भित्री मधेसमा आगलागी हुँदा करोडौँको क्षति – Gaule Khabar

भित्री मधेसमा आगलागी हुँदा करोडौँको क्षति

भित्री मधेसमा आगलागी हुँदा करोडौँको क्षति

डडेल्धुरा,मंसिर २६ –

परशुराम नगरपालिकाको गाईबाँधे बजारमा शनिबार राति आगलागी हुँदा छ पसल खाद्यान्न सामग्रीका साथै सम्पूर्ण सामग्री पूर्ण रुपले नष्ट भई करोडौँको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृ्रत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएअनुसार राति १२ बजे आगलागी भएको थियो । स्थानीयवासी मानबहादुर मालले राससलाई जानकारी गराउनुभयो । पसलभित्र रहेका कुरा नष्ट भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

मध्यरातमा लागेको आगो आइतबार बिहान अबेरसम्म आएर मात्रै नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । आगो नियन्त्रणमा लिन कठिनाइ हँुदा ठूलो क्षति हुन गएको इलाका प्रशासन कार्यालय जोगबुढाका कार्यालय प्रमुख दत्तुराम पाण्डेयले जानकारी गराउनुभयो । पसलमा विद्युत् तार सर्ट हुँदा आगलागी भएको हुन सक्ने पूर्वानुमान गरिएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका