Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सवारी दुर्घटनामा मृत्यु – Gaule Khabar

सवारी दुर्घटनामा मृत्यु

सवारी दुर्घटनामा मृत्यु

लहान, मंसिर २६ –

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका– २२ स्थित मेदनी पुलमा गए राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार लहान – १७ तरगेना निवासी २० वर्षीय नवीन मगर रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ७ प ८२१९ नंको मोटरसाइकल राति ९ बजेतिर पुलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका नवीनलाई उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लहान– ६ निवासी सिद्धान्त मगरलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ ।

यसैगरी सिरहा नगरपालिका– ९ गुलेरिया चोकमा गए राति नै बिग्रिएर रोकिराखिएको ना ५ ख ७७८० नंको बसमा स ४ प ८०२८ नंको मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका